काठमाडौं -नेकपा एमालेको पाँचौ केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्न बैशाख २५ गते केन्द्रीय कार्यलय र २६ गते सचिवालयको बैठक बस्ने भएको छ ।
केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार झापाको दमकमा हुने केन्द्रीय कमिटीका एजेण्डा तय गर्न पार्टी केन्द्रीय कार्यलयमा महासचिवको नेतृत्वमा हुने केन्द्रीय कार्यलयको बैठक बस्नेछ । उक्त बैठकले तय गरेका एजेण्डा पार्टी २६ गते बस्ने सचिवालयको बैठकले संसोधन सहित पारित गर्ने एमालेले जनाएको छ ।
एमाले स्रोतका अनुसार केन्द्रीय कमिटी बैठकमा गत निर्वाचनको समिक्षा,मिसन ग्रास रुटको प्रभावकारिता र समिक्षा बैठक हुनेछ । त्यसैगरी रिक्त रहेका केन्द्रीय सदस्य पदमा मनोनय हुने स्रोतको भनाइ छ । ‘अध्यक्षज्यूको गृह जिल्लामा तीन दिन लामो बैठक राखिएको छ । सधैं दुईदिन मात्र केन्द्रीय कमिटीको बैठक हुने गथ्र्यो र यसपाली तीनदिन राखिएको छ । जसबाट पनि अनुमान गर्न सकिन्छ पार्टीमा यसपाली गम्भिर विषयहरुमा गहन छलफल हुनेछ’ एक पदाधिकारीले भने ।






प्रतिक्रिया