काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्व र त्यसका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको सम्भावनाबारे बहस र छलफल गर्न अपिल गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको कसरी सम्भव हुन्छ भन्नेबारे छलफल गर्न अपिल गर्नु भएको हो ।
‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ ? आउनुहोस् छलफल गरौं,’ उहाँले लेख्नुभएको छ ।
अस्थिरताको कारक नेपालका राजनीतिक दल र तिनका नेता मात्र हुन् कि विदेशी लगानीबाट अनुसन्धानका नाममा प्रायोजित विचारद्वारा सिर्जित सामाजिक अराजकता हो भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।
‘छयालिसको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरू मात्र हुन् कि विदेशी लगानीमा गरिएका कथित अनुसन्धानबाट प्रवाह गरिएका प्रायोजित विचारले सिर्जित सामाजिक अराजकता पनि हो ?’, पोखरेलको प्रश्न छ ।






प्रतिक्रिया