अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय कमिटी बैठकमा ८५० भन्दा बढी प्रतिवेदनमा छलफल हुन्छ : देवेन्द्र दाहाल

केन्द्रीय कमिटी बैठकमा ८५० भन्दा बढी प्रतिवेदनमा छलफल हुन्छ : देवेन्द्र दाहाल


काठमाडौं- नेकपा एमालेको बैशाख २९ देखि ३१ गते तीनदिनसम्म झापामा हुने बैठकमा करिब ८ सय ५० वटा प्रतिवेदनमा व्यापक रुपमा छलफल हुने भएको छ ।
नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभामा विपक्षी दलका नेता देवेन्द्र दाहालका अनुसार दुई महिना सम्म सञ्चालन भएको पार्टी सुदृढिकरण अभियान अन्तरगतको मिसन ग्रासरुटमा खटिएका नेताहरुले बुझाएका सबै प्रतिवेदनमा छलफल गर्ने तयारी छ ।
‘७ सय ५३ वटै पालिका,७७ जिल्ला,सात प्रदेश र विभिन्न केन्द्रीय निकायकाले मिसन ग्रासरुटका सन्दर्भमा बुझाएका प्रतिवेदन उपर छलफल गर्ने कार्यसुची छ’ दाहालले भन्नुभयो ‘यसका लागि प्रदेश तहमा समग्र प्रदेशको प्रतिनिधित्व हुने गरी पनि अलग्गै प्रतिवदेन तयारी हुदैछ । अर्कोतिर केन्द्रमा महासचिवको नेतृत्वमा रहेका नेताहरुले समक्षिा बैठकमा सहभागी भएर अर्को प्रतिवेदन पनि तयार गर्दैहुनुुहन्छ । ’
पालिका तहमै एमालेप्रति जनताका गुनासा,आशा,सुधार गर्नुपर्ने सवालहरु प्रष्तुत गर्ने तयारी छ । ‘पछिल्ला दिनमा एमाले कै कतिपय नेताहरुले कि सच्चिनु पर्यो ,कि सकिनु पर्यो भनेर अभिव्यक्ति दिइरहेका छन्’ स्थायी कमिटीका एकजना सदस्यले भने ‘एमाले पार्टी सक्किने कल्पना गर्न सकिदैन,सच्चिनका लागि जनताको रायलाई स्विकारेर अघि बढ्न सबै तयारै छौं । ’
अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा आगामी २९ देखि ३१ बैशाखसम्म केन्द्रीय कमिटीको पाँचौं बैठकको तयारी भइरहेको छ ।