अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड नेतृत्वको सरकार धेरै समय टिक्दैन: डा. शशाङ्क कोइराला

प्रचण्ड नेतृत्वको सरकार धेरै समय टिक्दैन: डा. शशाङ्क कोइराला


चितवन – नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार धेरै समय नटिक्ने बताउनु भएको । भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले यस्तो बताउनु भएको हो ।

सरकारले जनताको चाहनाअनुसार काम नगरेको कारण अब धेरै नटिक्ने उहाँको भनाई छ। उहाँले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको पनि बताउनुभयो । उहाँले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने धारणा राख्नुभयो।

‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ,’ उहाँले भन्नुभयो। उहाँले पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको पनि बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।’ उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उहाँको भनाई थियो । उहाँले मन्त्रिमण्डल विस्तारमा पार्टीभित्रको असन्तुष्टि देखिएको पनि बताउनुभयो ।