काठमाडौं – पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २५७ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १६२ पुगेको छ भने संस्थागत आइशोलेशनमा २४ जना र आईसीयूमा १२ जना उपचाररत छन् ।
शुक्रबार मात्र ५७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया