विराटनगर – विराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ। प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न २ जनालाई पनि पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका छन्। विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूकाे साथबाट ८ किलाे चाँदी पनि बरामद भएको छ। प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो।
काे २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन्। बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ।
प्रतिक्रिया