अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारुढ गठबन्धनको बैठकमा अधिवक्ताहरु पनि सहभागी

सत्तारुढ गठबन्धनको बैठकमा अधिवक्ताहरु पनि सहभागी


काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड र नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी हुनुहुन्छ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता छ।

बैठकमा अधिवक्ताहरु पनि सहभागी रहेका छन्।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको बारेमा पनि छलफल हुने बताइन्छ। सो प्रकरणको फाइल खुलेपछि सत्ता गठबन्धनकै शीर्ष नेतादेखि एमाले सचिव टोपबहादुर रायमाझीसहित हाइ प्रोफाइलको नाम मुछिएको छ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए।