अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका केन्द्रीय सदस्यहरुलाई सुखानीसँगै मदन भण्डारीको घर पनि अवलोकन गराइने

एमालेका केन्द्रीय सदस्यहरुलाई सुखानीसँगै मदन भण्डारीको घर पनि अवलोकन गराइने


झापा- बैशाख २९ देखि ३१ हुने केन्द्रीय कमिटी बैठकको तयारी तिव्र भएको पारिएको छ । पार्टीको झापा जिल्ला कमिटीले नौ वटा समिती गठन गरेर कामलाई तिव्रता दिएको अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभएको छ ।
बैठक स्थलको निरीक्षण र तयारीको जानकारी लिन आज केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारी दमक पुग्नु भएको छ । स्थानीय पार्टी कमिटीले गरेको तयारीका बारेमा जानकारी लिएर भोली स्थानीय नेताहरुसँग बैठकपछि केन्द्रीय कार्यलयको तर्फबाट आवश्यक सुझाव सहित खाद्यान्न,आवास,यातायात आदि विषयको तयारीका बारेमा निर्णय लिइने अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष कार्कीका अनुसार पार्टी केन्द्रीय सदस्यहरुलाई झापा र मोरङका राजनीतिक थलोहरु अवलोकन गराउने तयारी छ । हालसम्म झापा र इलामको सिमानामा रहेको सुखानी साहदत स्थल, झापाको अर्जुनधारा नगरपालिकामा रहेको सुखानी पार्क, मोरङको रतुवामाई स्थित एमालेका पूर्व महासचिव एवं जननेता मदन भण्डारीको घर र उर्लाबारी नगरपालिका मंगलबारेमा रहेको मदन भण्डारी संग्राहलय अवलोकन गराउने कार्यक्रम रहेको छ ।