अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीतिगत विचलनबाट नोकरशाही पुँजीवादको वर्चस्व भयो : महासचिव पोखरेल

नीतिगत विचलनबाट नोकरशाही पुँजीवादको वर्चस्व भयो : महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीतिगत विचलनबाट नोकरशाही पुँजीवादको वर्चस्व भएको बताउनुभएको छ । 

आज बिहान सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले  नीतिगत विचलनका माध्यमबाट दलाल नोकरशाही पुँजीवादको वर्चस्व कायम हुँदै गएको उल्लेख गर्नुभएको हो । उहाँले मुलुकलाई आर्थिक संकटबाट जोगाउन उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । 

‘आर्थिक संकटको समयमा केही व्यापारिक घरनाको सम्पत्ति अस्वाभाविक रूपमा बढ्ने र आम जनता आर्थिक मन्दीको सिकार हुनुको कारण नीतिगत विचलनका माध्यमबाट दलाल नोकरशाही पुँजीवादको वर्चस्व कायम हुँदै जानु हो,’ उहाँले लेख्नुभएको छ, ‘यतिवेला सरकार नीति कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । साँच्चै मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउने हो भने आयातमुखी नीति र भन्सारका दररेटलाई बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नु पर्दछ ।’

उत्पादनशील क्षेत्रको विकासबाट नै रोजगारीका अवसरहरू सिर्जना हुने र राष्ट्रिय अर्थतन्त्र बलियो हुने उहाँले बताउनुभयो ।