काठमाडौँ-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी तोकिएको छ ।
यसअघि वैशाख ११ गते न्यायाधीश दीपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो ।
त्यसपछि आजलाई पुनः पेसी तोकिएको छ । आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा पनि सुनुवाइ हुनेछ ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।
प्रतिक्रिया