अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसदहरूलाई उपमहासचिव रिमालको आग्रह : प्रि–बजेटमा अर्थतन्त्रबारे छलफल गर्नुहोस्

सांसदहरूलाई उपमहासचिव रिमालको आग्रह : प्रि–बजेटमा अर्थतन्त्रबारे छलफल गर्नुहोस्


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आजदेखि सुरु हुने बजेट अधिवेशनमा बिग्रँदो अर्थतन्त्रका बारेमा छलफल गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ । 

सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव रिमालले खस्किँदो अर्थतन्त्र कसरी जोगाउने भन्नेबारे संसदमा छलफल गर्न आग्रह गर्नुभएको हो । 

‘हाम्रो अर्थतन्त्र ‘स्टागफ्लेसन’बाट ‘रिसेसन’ (मन्दी)मा पस्यो । कसरी जोगाउने ?,’ उहाँले भन्नुभएको छ, ‘माननीयज्यूहरु, आजबाट सुरु हुने प्रि–बजेट डिस्कसनमा यसमा ध्यान दिनुहोस् !’ 

व्यापारीहरू पलाएन हुँदै गएको बताउँदै उहाँले सञ्चालनमा रहेका व्यवसायीमा सञ्चालक परिवर्तन हुँदै गएको बताउनुभयो । 

‘सहर बजारका सटरहरू बन्द देखिन्छन् । रेस्टुराँहरू खुलेका त छन्, तर तिनका सञ्चालक निरन्तर फेरिई रहेका छन्,’ उहाँले भन्नुभएको छ, ‘कुल ग्राहस्थ उत्पादनमा करिब २६ प्रतिशत योगदान रहेको उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर करिब ८ प्रतिशतले नकारात्मक हुँदैछ । देशको अर्थतन्त्र कमजोर हुँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।’