अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिले नागरिकता विधेयकबारे कानुनविदहरुसँग छलफल गर्दै

राष्ट्रपतिले नागरिकता विधेयकबारे कानुनविदहरुसँग छलफल गर्दै


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनविदहरुसँग छलफल गर्नेभएका छन् ।  

आज दिउँसो १ बजे कानुनविदहरुसँग छलफल गर्न लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अघिल्लो सरकारको पालामा दुवै सदनबाट पास भएको नागरिकता विधेयक शीतलनिवास पठाएको थियो । तर   तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको थिएन ।  

सो विधेयक अघि बढाउन सरकारले हिजो कानुन व्यवसायीसँग छलफल गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा   सत्ता गठबन्धनका शीर्ष नेताहरूसँगको छलफलमा कानुन व्यवसायीहरूले राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्ने बताएका थिए ।