अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 कांग्रेस नेता आचार्य मन्त्री बन्दै, यादवको जिम्मेवारी परिवर्तन हुने

 कांग्रेस नेता आचार्य मन्त्री बन्दै, यादवको जिम्मेवारी परिवर्तन हुने


काठमाडौँ-नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य मन्त्री भन्ने हुनुभएको छ । उहाँ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्न लाग्नुभएको हो । 

उहाँलाई आज मन्त्रीमा नियुक्त गर्ने तयारी छ । उहाँको पद तथा गोपनीयताको शपथ पनि आजै दिउँसो साढे १२ बजेका लागि निर्धारण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

हाल सो मन्त्री रहेका महिन्द्रराय यादवको भने मन्त्रालय परिवर्तन हुने भएको छ । उहाँलाई वन तथा वातावरण वा खानेपानी मध्ये एक मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ ।