अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घट्यो

 सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घट्यो


काठमाडौँ-स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।   

तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी आज प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।