अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा बस्ने भनिएको एमाले केन्द्रीय कमिटीको बैठक काठमाडौं सर्‍यो

झापामा बस्ने भनिएको एमाले केन्द्रीय कमिटीको बैठक काठमाडौं सर्‍यो


काठमाडौं – नेकपा एमालेले झापामा बस्ने भनेर बोलाएको केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने भएको छ। एमालेले वैशाख २८ गतेदेखि ३० गतेसम्म झापामा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।

वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो।

एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बजेट अधिवेशन र संसदीय गतिविधिलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिनुभयो।