अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई ओलीको प्रश्न: शरणार्थी प्रकरणमा छानबिन नगर्न तपाईंलाई कसले दबाब दियो ?

प्रधानमन्त्रीलाई ओलीको प्रश्न: शरणार्थी प्रकरणमा छानबिन नगर्न तपाईंलाई कसले दबाब दियो ?


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली शरणर्थी प्रकरणमा कसले छानबिन नगर्न दबाब दियो ? भनेर प्रश्न गर्नुभएको छ।

आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘म कसैलाई छाड्नेवाला छैन भनिरहेका छन् प्रधानमन्त्रीले । अहिलेको नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा सुरुवाता गरेकै उहाँले हो कि ? कुरा उठाएर छानविन थालेकै उहाँले हो कि ? भर्खर मैले कुरा गरेपछि बुझ्दैछु भन्दैछन् । तर, हिजो आएर प्रचण्डले फाइफुइँ गरेर मानिल्याऔं उहाँको आविष्कार जस्तो गर्दैहुनुहुन्छ। हामी सरकारको ध्यानाकर्षण गराइरहेका छौं ।’

उहाँले गत वर्षदेखि नै आफ्नो पार्टीको सांसदहरुले संसद बैठकमा कुरा उठाउँदा सरकारले नसुनेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले उहिलेदेखि संसदमा कुरा उठाएको नसुन्ने अहिले कसैलाई छाड्दिनँ रे। प्रचण्डका खुशीको कुरा हो कसैलाई छाड्ने र नछाड्ने ? दोषि छ भने कानूनले छाड्दैन । को हो पुष्पकमल दाहाल छाड्दिन भन्ने ? के भन्या त्यो ? म झुक्दिनँ दबाबमा पर्दिनँ । कसले दबाब दियो । मलाई बोलाएर भेट्ने विभिन्न विषयमा कुरा गर्ने, म निस्किएपछि कसैको प्रभावमा प्रर्दिनँ । म झुक्दिनँ पछि हट्दिनँ । कसले दबाब दियो तपाईंलाई पछि हट्नु भनेर म प्रश्न गर्न चाहन्छु । मैले कसैको छानविन नगर्नुस् भनेको छैन। कडा साथ कारवाही गर्नुस् ।’