अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै: अध्यक्ष ओली

बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताउनु भएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको शिखर सम्मेलन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रश्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको आरोप लगाउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो ‘आज अर्थमन्त्रीजीले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो। कर्मकाण्डी मात्रै छ। श्राद्धमा एउटा बिरालो छिर्‍यो,  बाँकी केही पनि छैन । चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गर्नुभएको थियो। केले व्यवधान पुर्‍यायो ? नेपाली जनतालाई जवाफ दिनुपर्दैन ? ८ प्रतिशत के देखेर राख्नुभएको थियो, आँकलन कसरी राख्नुभयो। अहिले १.८ प्रतिशत लगभगको अवस्थामा रहनु, के कारणले ?’

उहाँले चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरेपनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ जनतालाई दिनुपर्ने बताउनु भयो ।

आज अर्थमन्त्रीजीले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो। कर्मकाण्डी मात्रै छ। श्राद्धमा एउटा बिरालो छिर्‍यो,  बाँकी केही पनि छैन । चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गर्नुभएको थियो। केले व्यवधान पुर्‍यायो ? नेपाली जनतालाई जवाफ दिनुपर्दैन ? ८ प्रतिशत के देखेर राख्नुभएको थियो, आँकलन कसरी राख्नुभयो। अहिले १.८ प्रतिशत लगभगको अवस्थामा रहनु, के कारणले ?’

गठबन्धन सरकारले चालु आर्थिक वर्षमा २ प्रतिशतमा झर्नुको जवाफ जनतालाई नदिएर जनताप्रति जवाफदेही नबनेको आरोप समेत ओलीले लगाउनु भयो ।

अध्यक्ष ओलीले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नगर्ने गठबन्धन सरकारको नेतृत्वमा रहिरहनु उचित नरहेको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, ‘फेरि गठबन्धन भनेर, देशलाई ध्वस्त बनाएर सरकारमा बसिरहन उहाँहरुलाई अफ्ठ्यारो लाग्नु पर्दैन? जसरी पनि सरकारमा बस्ने की देशलाई केही दिनका लागि सरकारमा बस्ने? ८ प्रतिशत भनेको ठाउँमा २ भन्दा कम हुन्छ ? २५ प्रतिशत पनि आकलन पुग्दैन ? उपलब्धि हाँसिल हुँदैन भने उहाँहरुको आयव्ययको अनुमानलाई कसरी विश्वास गर्ने ? उहाँहरुले राजश्व जे उठ्छ भन्नुभएको थियो, त्यसको आधा पनि उठ्दैन, कसरी विश्वास गर्नु।’

अध्यक्ष ओलीले वर्तमान सरकारले अर्थतन्त्र चलायमान बनाउन र चुनौतिको सामना गर्न नसक्ने पनि दाबी गर्नुभयो ।