अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय पार्टी कार्यालयको बैठक बस्दै, केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल हुने 

एमाले केन्द्रीय पार्टी कार्यालयको बैठक बस्दै, केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल हुने 


काठमाडौँ-नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयको बैठक बस्ने भएको छ । बैठक आज केन्द्रीय पार्टी कार्यालयमा बस्न लागेको हो । 

बैठकका एजेण्डा भने तय भइनसकेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिनुभयो । तर २८ देखि ३० गतेसम्म बस्ने केन्द्रीय कमिटीको बैठकको तयारीका बारेमा छलफल हुने एमालेले जनाएको छ । यस्तै पार्टीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) र अन्य राजनीतिक घटनाको बारेमा छलफल हुनसक्ने सचिव अधिकारीले जानकारी दिनुभयो । 

एमाले महासचिवको नेतृत्वमा उपमहासचिव, सचिव र कार्यालय सचिव रहने गरी पार्टी कार्यालय रहने व्यवस्था छ ।