काठमाडौँ-काठमाडौँ महानगरपालिकाले आजबाट महानगरपालिकाभित्रका अव्यवस्थित टेलिफोन तथा इन्टरनेटका तार (अप्टिकल वायर) काट्न सुरु गरेको छ ।
सडकस्थित विद्युतका पोलमा टाँगिएका अव्यवस्थित तारले सहरलाई कुरूप बनाउने मात्र नभई आगलागीका घटना समेत हुने गरेको पाइएपछि महानगरपालिकाले तार काट्न सुरु गरेको हो ।
आइतबार बसेको काठमाडौँ महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिबीचको संयुक्त बैठकले सडकमा टाँगिएका अव्यवस्थित तार काट्ने निर्णय गरेको थियो ।
सो निर्णय अनुसार महानगरपालिकाले आज बिहान ८ः३० बजेबाटै माइतीघर मण्डला आसपासका सडकस्थित पोलमा टाँगिएका इन्टरनेट, टेलिफोन लगायतका तार काट्न सुरु गरेको हो ।





प्रतिक्रिया