अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासचिव पोखरेलको प्रश्न : प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ?

महासचिव पोखरेलको प्रश्न : प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ?


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सिबिआईलाई लगाउनु पर्ने बताउनुभएको छ । नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ-नयाँ अडियो आउन थालेको बताउँदै महासचिव पोखरेलले अनुसन्धानको गति धिमा र विवादास्पद बन्दै गएको उल्लेख गर्नुभएको छ । 

‘नक्कली शरणार्थी प्रकरणसँग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् । तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’ पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ,, ‘प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ? किनकि दोषी कोही नछुटुन् र निर्दोष कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’ 

नक्कली शरणार्थी प्रकरणमा पछिल्लो समय नेपाली कांग्रेसका नेताहरु पनि विवादमा आएका छन् ।