काठमाडौं- सभामुखले आकस्मिक समय नदिएपछि विरोधमा सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न हुनुभएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गर्नु भएको थियो । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उहाँलेले सर्ट र गञ्जी खोलेर विरोध जनाउनुभएको छ ।
संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न सम्झाउनु भएको छ ।






प्रतिक्रिया