काठमाडौँ-स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर छ । चाँदी आज प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य लगातार तीन दिनदेखि स्थिर छ ।






प्रतिक्रिया