अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैठकमै अर्धनग्न भएका साँसद अमरेशको स्वास्थ्य जाँच गर्न एमाले साँसद मैनालीको माग

बैठकमै अर्धनग्न भएका साँसद अमरेशको स्वास्थ्य जाँच गर्न एमाले साँसद मैनालीको माग


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् अच्युतप्रसाद मैनालीले संसद बैठकमै अर्धनग्न भएका सांसद् अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गराउन माग गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमै अर्धनग्न भएका सिंहको स्वास्थ्य जाँच गर्न मैनालीले माग गर्नुभयो । उहाँले भन्नुभयो ( ुसभामुख महोदय, सर्वप्रथम त संसद्‍मा जे गतिविधि देखा परेको छ, म माननीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दछु ।ु

सोमबारको बैठक औपचारिक रुपमा सुरु हुन नपाउँदै सिंहले बोल्न समय माग्दै सर्ट, कोट र गञ्जी फुकालेर अर्धनग्न हुनुभएको थियो ।