अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसदहरूले अर्थमन्त्री खोजेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

सांसदहरूले अर्थमन्त्री खोजेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं – प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ।

सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले बिरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो।

बैठकमा विरोध भएपछिसभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भएको छलफलमा अर्थमन्त्री आफैं उपस्थित नभएको भन्दै विरोध गरेपछि बैठक नै स्थगित भएको हो ।