अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ढाकाकुमारको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ढाकाकुमारको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई  राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। 

न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलासले सोमबार श्रेष्ठको  रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो। कारबाही गर्नुको कारण पेश गर्न पनि अदालतले भनेको छ।

मन्त्री बन्न पार्टीलाई पैसा बुझाउनु पर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो बाहिरिएपछि उहाँलाई गत चैत २९ गते पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।

सांसद पद गुमेपछि आफूमाथि अन्याय भएको भन्दै श्रेष्ठले आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।