अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिचानका नाममा नेपालीलाई विभाजित गर्न खोजियो: अध्यक्ष ओली

पहिचानका नाममा नेपालीलाई विभाजित गर्न खोजियो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रगतिशील शक्तिविरुद्ध विभिन्न खालका तत्वहरु एकजुट हुँदै गएको बताउनु भएको छ।

राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकलाई सोमबार च्यासलमा सम्बोधनका क्रमम उहाँले यस्तो बताउनु भएको हो।  

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रगतिशील आन्दोलनविरुद्ध उनीहरु संगठित भइरहेका छन्। हाम्रो आन्दोलन र पार्टीलाई पटक-पटक ध्वस्त गर्न खोजियो । कहिले पार्टी कब्जा गर्न खोजियो त कहिले आन्दोलनमाथि झुटा आरोप लगाउन खोजियो।’

उहाँले अहिले पनि पहिचानको राजनीतिका नाममा जातको राजनीति भइरहेको दाबी गर्नुभयो । ‘हामीले अब सबैभन्दा लोकप्रिय संगठनका रुपमा अघि आन्दोलनलाई बढाउनु पर्छ’, उहाँले भन्नुभयो, ‘तर अहिले जनताको विकासको राजनीति होइन, वल्लो घर र पल्लो घरमा लडाउने काम भएको छ। म लिम्बु र म राई भनेर बिथोल्ने काम भएको छ।’

उहाँले तर पहिचानका नाममा अर्कै आन्दोलन भइरहेको बताउनु भयो । ‘पहिचानको राजनीति भनेर जातीय आन्दोलन गर्दैछ। समग्र जनताको हितमा होइन, पहिचानको राजनीतिका नाममा नेपाली जनतालाई विभाजित गर्ने काम हुँदैछ।’

ओलीले स्कुल बनाऊँ भन्दा जातैपिच्छेको खोज्न थालिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘स्कुल बनाऊँ भन्दा तामाङ विद्यालय, लिम्बु विद्यालय र क्षत्री विद्यालय खोज्दै हिँड्न थालेका छन्हा । हामी चाहन्छौँ सबै जातिको उत्थान हुनुपर्छ। सबै जातिका जनताले भाषा बोकेको र बोलेको हु्न्छ उसलाई सम्मान गर्नुपर्छ। सबैको उत्थान गर्न हामी चाहन्छौँ तर अहिले पहिचनाका नाममा जातजाति भिडाउन खोजिँदैछ।’