अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा सबैभन्दा नयाँ पार्टी एमाले हो: अध्यक्ष ओली

नेपालमा सबैभन्दा नयाँ पार्टी एमाले हो: अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सबैभन्दा नयाँ पार्टी र पुरानो पार्टी पनि एमाले नै भएको बताउनु भएको छ।

सोमबार पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो ।

‘बुढो विचार बोकेर खोलेको पार्टी कसरी नयाँ’, अध्यक्ष ओलीले प्रश्न गर्दै भन्नुभयो,‘ त्यो एउटा एनेक्स हो । समाजलाई नयाँ परिवर्तनमा पुर्‍याउने कुरा चाहिं नयाँ हो । त्यो नयाँ बोतल होला तर रक्सी उही हो।  कहाँ पुग्ने स्पष्ट भिजनबिना त्यो अगाडि बढ्न सकिँदैन। एमाले सबैभन्दा नयाँ पार्टी हो ।’

ओलीले पार्टीकै केही मान्छेले व्यक्तिगत रुपमा कसैले भ्रष्टाचार गर्छ भने त्यसलाई एमालेले नसहने पनि बताउनु भयो ।  

उहाँले भन्नुभयो, ‘केही करप्सनका कुरा आउन सक्छन्, कोही कसैले करप्सन गर्ला पनि । व्यक्तिगत तवरमा कसैले गर्यो भने त्यसप्रति एमालेको समर्थन नरहनेमात्रै होइन त्यस्तो करप्ट कुरालाई एमालेले कहिल्यै पनि टोलोरेट गर्दैन ।’

छोटो आयु भएकाहरू हलक्कै बढ्ने अध्यक्ष ओलीको तर्क छ। उहाँले भन्नुभयो, ‘पिपल र तीतेपाती सँगै रोप्नुभयो भने पिपल टुसो हालेको हुँदैन तितेपातीले तीन महिनामै उधुम मच्चाउँछ। मान्छेहरू अब तीतेपातीले पिपललाई खायो भनेर कराउँछन्। तर चार महिनामा तीतेपाती सुक्न थाल्छ, तीतेपातीले बर्खा देखे हिउँद देख्न पाउँदैन, हिउँद देखे बर्खा देख्न पाउँदैन। पिपल हजार वर्ष बाँच्छ। एमाले पिपल हो।’