अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको प्रश्न: तपाईंको हलमा कहिलेदेखि फिल्म लाग्छ ? हामी हेर्न आतुर छौं

प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको प्रश्न: तपाईंको हलमा कहिलेदेखि फिल्म लाग्छ ? हामी हेर्न आतुर छौं


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टलाई जोगाउने र प्रतिपक्षीहरुलाई मुद्दामा फसाउने खेलमा रहेको टिप्पणी गर्नुभएको छ। उहाँले ट्रेलर मात्र नभएर सिनेमा नै देखाउन प्रचण्डलाई चुनौती दिनुभयो ।

आज राष्ट्रिय युवा संघको वैठकमा बोल्दै ओलीले पार्टीले भ्रष्टाचारको ढाकछोप नगर्ने बताउनु भयो । तर, आफ्नो पार्टीविरुद्धमा षडयन्त्र हुन्छ भने त्यो सह्य नहुने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री भ्रष्टाहरुलाई जोगाउने र प्रतिपक्षीलाई अनावश्यक रुपमा पोल्न लगाउने र मुद्दामा फसाउने प्रयासमा रहेको आरोप लगाउनु भयो । उहाँले निर्दोषलाई फसाउने कोशिष नगर्न चेतावनी दिनुभयो । आफूसँग भेटवार्तापछि बाहिर पत्रकारलाई प्रधानमन्त्रीले दिएको प्रतिक्रियामा पनि ओलीले आपत्ति जनाउनुभयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘प्रचण्डजीलाई कार्यकर्ताले दुवोका माला लगाइदिए । त्यसपछि भन्नुभयो, यो त ट्रेलर मात्रै हो । फिल्म आउँदैछ । सिंगै फिल्म आउँदैछ भन्नुभयो । तपाईंको सिनेमाहलमा फिल्म कहिलेदेखि लाग्छ प्रचण्डजी ? अन्त त धुमधाम भइसक्यो । सधैं टेलर मात्र किन सिनेमा चलाउनुस । किन हल रित्तै ? किन ताला लाग्या छ ? सञ्चारमाध्यममा फिल्म आइराख्या छ, तपाईं किन चुप ? देखाउनुस त फिल्म ।’

प्रचण्डलाई जनताले चिनिसकेको ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डलाई जनतालेचिनेकै छैन जस्तो गरेर, सेतो वस्त्र लगाएको, दूधले नुहाएको पवित्र अवतारका साथ मिडियामा प्रस्तुत हुन खोज्नुभो । म कसैको दबाब मान्दिनँ भन्नुभयो । के मैले उहाँलाई दवाव दिएको थिएँ ? मैले दवाव दिएको जस्तो पार्न खोज्नुभयो । उहाँ दुनियाँ लट्पटाउन सिपालु हुनुहुन्छ ।’