अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुलामा चटयाङमा परी एकजनाको मृत्यु

दार्चुलामा चटयाङमा परी एकजनाको मृत्यु


दार्चुला–दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। हिजो साँझ परेको चटयाङ लागेर शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सोही चटयाङमा परेर ४० वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन् ।

खेतमा काम गरिरहेको अवस्थामा उनीहरु नजिक चटयाङ परेको थियो ।