अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शक्तिपृथकीकरणको सिद्धान्तलाई स्थापित गरौं : महासचिव पोखरेल

शक्तिपृथकीकरणको सिद्धान्तलाई स्थापित गरौं : महासचिव पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले शक्तिपृथकीकरणको सिद्धान्तलाई स्थापित गर्नुपर्ने बताउनुभएको छ । आज कानुन दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले  मुलुकलाई सही बाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्तिपृथकीकरणको सिद्धान्तलाई स्थापित गर्नुपर्ने बताउनुभएको हो । 

‘शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप राज्यका निकायहरु चल्न नसक्दाको परिणाम आज राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको छ । नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायहरुमा स्वेच्छाचारिता बढ्दै गएको छ,’ महासचिव  पोखरेलले लेख्नुभएको छ, ‘राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक सङ्कट उत्पन्न भएको हो । मुलुकलाई सहीबाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्तिपृथकीकरणको सिद्धान्तलाई स्थापित गरौं ।’ 

आज देशभर कानुन दिवसको मनाइँदै छ ।