अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

 सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


काठमाडौँ-आज सुनको मूल्यमा ३ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै प्रतितोला सुनको मूल्य १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३ सय रुपैयाँले वृद्धि भएको हो । 

यस्तै आज तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।