अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक : ‘टोपबहादुर रायमाझी, झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन निर्देशन

राष्ट्रियसभा बैठक : ‘टोपबहादुर रायमाझी, झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन निर्देशन


काठमाडौँ-राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग  गरेको शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।  

आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेको उनको ‘झट्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो । 

वैशाख २५ गतेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीको शब्दप्रति नियमापत्ति जनाउनुभएको थियो ।  

एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले आफूले एकपटक सुनेर आजको बैठकमा निर्णय लिने बताउनुभएको थियो ।  

सोहीअनुसार आजको बैठकमा अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ को ‘घ’ को व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभयो ।