काठमाडौं- नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले भ्रष्टाचार ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताउनु भएको छ।
आज बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
उहाँले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिवद्धताहरु पनि माग गर्नुभयो। उहाँले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतस्म्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरु रोक्न सरकारले चालिरहेको कदमबारे प्रश्न गर्नुभयो ।
हस्ताक्षर गर्दा कर्मचारीले ‘साइनिङ मनि’ लिने प्रवृति रहेको उहाँको टिप्पणी छ । ‘…कर्मचारीले सचिवले साइनिङ मनि लिने, दुई प्रतिशत, तीन प्रतिशत कति हुन्छ त्यो गोजीमा हालिहाल्ने,’ उहाँ भन्नुहुन्छ, ‘ठेकेदारले मोबिलाइजेनशको रकम लिने। त्यो रकम अरु नै काममा लगाउने । यो भएपछि आयोजना लथालिंग हुन्छ । अगाडि बढ्दैन । वर्षौंदेखि यो क्रम बढिरहेको छ। तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन्।’
यसरी विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिंदै गइरहको उल्लेख गर्दै उहाँले सरकारलाई भ्रष्टाचार न्युनीकरणमा प्रष्ट हुन आग्रह गर्नुभयो ।
प्रतिक्रिया