अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली शरणार्थी प्रकरणको कारबाही कहाँ पुग्यो: ठाकुर गैरे

नक्कली शरणार्थी प्रकरणको कारबाही कहाँ पुग्यो: ठाकुर गैरे


काठमाडौं – नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले प्रतिनिधिसभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरिरहेका छन् सो प्रकरणमा संलग्न भएका व्यक्तिलाई किन पक्राउ नगरिएको भनेर सरकारलाई प्रश्न गर्नुभएको छ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले पक्राउ पुर्जी जारी गरिएका र अन्य मुछिएकाहरुमाथि छिटोभन्दा छिटो छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराउनु भयो।

सांसद गैरेले यो प्रकरण जघन्य अपराध, देशद्रोही काम भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो। यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो। देशद्रोही काम हो। त्यसकारण यसमा संलग्नहरुलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्छ। कारबाही गरिनु पर्दछ।’