काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बैठक बसिरहेको छ।
बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डा तय गर्ने जनाइएको छ। यस्तै, गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रासरुटको समीक्षालगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ।

एमालेको विभिन्न आयोगहरुका विषयमा पनि छलफल गर्ने कार्यसूची छ। त्यसबाहेक समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ।







प्रतिक्रिया