अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान गठबन्धन सरकारले अर्थतन्त्र उकास्न सक्दैन: योगेश भट्टराई

वर्तमान गठबन्धन सरकारले अर्थतन्त्र उकास्न सक्दैन: योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनु भएको छ।

आज प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो।

उहाँले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताउनु भयो ।

वर्तमान सरकारलाई विदेशीह र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको उहाँले दाबी गर्नुभयो । उहाँले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चितप्रायः रहेको बताउनु भयो ।

‘सरकार चलेकै छैन, सरकारका संयन्त्र चलेकै छैनन्। कर्मचारीतन्त्र चलैकै छैनन्। कर्मचारीले विश्वास गरेका छैनन्,’ उहाँले भन्नुभयो, ‘विदेशीले विश्वास गरेका छैन। नेपाली लगानीकर्ताले विश्वास गरेका छैन। अब यो जोडी कायम राख्ने की जोडी बदल्ने की छोड्ने यो ठाउँमा छलफल गर्नुपर्छ। यही जोडी कायम राख्ने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चित छ।’

उहाँले अब यो जोडीले कुनै गाढा तान्न सक्ने अवस्था नभएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अब यसले कुनै गाढा तान्नसक्ने अवस्था देखिँदैन। किनभने चौतर्फी अविश्वास नै अविश्वासको अवस्था सिर्जना भएको छ। ’