अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी र फितलोः राजेन्द्र लिङदेन

सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी र फितलोः राजेन्द्र लिङदेन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रश्तुत गर्नुभएको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता फितलो भएको बताउनुभएको छ।

आज प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो ।

उहाँले अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकतामा विगतको निरन्तरता र कर्मकाण्डी रुपमा ल्याएको आरोप लगाउनु भयो। उहाँले अर्थमन्त्री डा.महतले वर्तमान सरकारले नयाँ आशा जगाउने खालको काम गर्न लाग्यो भन्ने खालका प्राथमिकता प्रश्तुत नभएको बताउनु भयो।

अध्यक्ष लिङदेनले ८ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरिएपनि मुस्किलले २ प्रतिशत पुग्ने प्रक्षेपण भएको बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुलाई मात्रै राज्यले भुक्तानी गर्न ८० अर्ब बढी रहेको र राजश्वले मुलुकको चालु खर्च पनि धान्न नसकि रहेको बताउनु भयो ।

उहाँले यस्तो अर्थतन्त्र संकटमा रहेको बेलमा समेत  सरकारले बजेट ल्याउने क्रममा बजेटमा राख्ने प्राथमिकता र सिद्धान्तहरु कर्मकाण्डीहरु मात्रै भएको उल्लेख गर्नुभयो। उहाँले कर्मकाण्डी रुपमा ल्याइएको सरकारको प्राथमिकता र सिद्धान्तहरुले अहिलेको आर्थिक संकटको सामना गर्न नसक्ने बताउनु भयो।

उहाँले संकटको बेला अर्थतन्त्रलाई कसरी चलायमान बनाई आशा जगाउने विषयमा केन्द्रित नभएको बताउनु भयो। उहाँले अहिले निजी क्षेत्र अत्यन्त निराश रहेको भन्दै बैंकको ब्याजदर कम गरी निजी क्षेत्रको आत्मबल बनाउने नीति ल्याउनुपर्ने बताउनु भयो।  उहाँले उद्यमीहरु आत्माहत्या गर्ने बाटोमा गइरहेको भन्दै  सरकार गम्भिर भएर लगानी मैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनु भयो।