काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ ।
मंगलबार एकीकृत समाजवादीको केन्दीय कार्यालयमा अध्यक्षद्वय नेपाल र गौतमबीच भेटवार्ता भएको हो।
भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एकताका विषयमा भएको छलफल सकरात्मक रहेको छ।






प्रतिक्रिया