अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक सकियो

एमाले सचिवालय बैठक सकियो


काठमाडौं – नेकपा (एमाले) को सचिवालयको बैठक सकिएको छ।

आज दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ। सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको लागि १० वटा एजेण्डा तय गरेको उपमहासचिव तथा प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८ गतेबाट सुरु हुँदैछ । बैठकपछि उपमहासचिव गुरुङले पत्रकारलाई दिनुभएको जानकारीअनुसार बैठकले पहिलो एजेण्डाका रुपमा २०७९ साल भदौयता भएको राजनीतिक घटनाक्रमको विषयमा समीक्षासहित अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ।

दोस्रो एजेण्डामा केन्द्रीय कमिटी बैठकयता भएका सचिवालय बैठकको निर्णय अनुमोदन, तेस्रो आयोग प्रमुखहरुले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने रहेको छ। यसैगरी, चौथो एजेण्डा मिसन ग्रासरुटको समिक्षा रहेको छ। सो प्रतिवेदन सातवटै भौगोलिक र २ गैर भौगोलिक प्रदेशको समिक्षा प्रतिवेदन सो प्रदेशमा संयोजन गर्ने पार्टीका सचिवहरुले राख्ने गुरुङले जानकारी दिनुभयो । सचिव नभएको ठाउँमा प्रदेश कमिटीको इञ्चार्जले प्रतिवदन प्रस्तुत गर्ने छन् । समिक्षात्मक रिपोर्टपछि छलफलमा जाने र सवै प्रदेशले कार्ययोजना पेश गरिने छ।

प्रदेशको प्रतिवेदन प्रस्तुत भइरहँदा स्थायी कटिमी बैठक बसेर कार्ययोजना बनाउने रहेको छ। यसैगरी वर्षको एक पटक केन्द्रीय सदस्यहरु आफ्नो जिम्मेवारीभन्दा फरक क्षेत्रमा खटिने गरी कार्ययोजना बनाउने रहेको छ। यसैगरी अर्काे एजेण्डाको रुपमा पार्टी प्रवेश गरेका नेताहरुलाई जिम्मेवारी र पार्टी सदस्यता ब्यवस्थापन रहेको छ। त्यसपछि समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने र छोटो मन्तब्यसहित अध्यक्षले समापन गर्ने एजेण्डा रहेको छ।