काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ परेका छन्।
मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विचौलियाको भुमिका खेलेको आरोपमा रामशरण केसी र गोविन्द चौधरी पक्राउ गरेको हो।
हालसम्म प्रहरीले शरणार्थी प्रकरणमा संलग्न १० जनालाई पक्राउ गरिसकेको छ।
प्रहरीले यसअघि पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सांसद रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। त्यसअघि प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया