अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठकः दश एजेण्डा तय

एमाले सचिवालय बैठकः दश एजेण्डा तय


काठमाडौं-नेकपा (एमाले) सचिवालयको बैठकले वैशाख २८ गतेदेखि बस्न लागेको केन्द्रीय कमिटी बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ।

मंगलबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको २१ औं सचिवालय बैठकले सो एजेण्डा तय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख  पृथ्वीसुब्बा गुरुङले  जानकारी दिनुभयो।

उपमहासचिव गुरुङले भन्नुभयो, “वैशख २८ गतेबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नुपर्ने थियो। पहिलो एजेण्डा एजेण्डा तय गर्ने काम भयो।’’ पार्टी अध्यक्षले यी विषयमा राजनीतिक प्रतिवेदन तयार गर्ने उहाँको भनाइ छ। 

केन्द्रीय कमिटीको चौंथो बैठकपछि भएका निर्णय अनुमोदन हुने उहाँको भनाइ छ। उहाँले अनुशासन, लेखा, निर्वाचन, केन्द्रीय सल्लाहकार परिषद्का प्रमुखले प्रतिवेदन प्रस्तुत गर्ने एजेण्डा तय भएको जानकारी दिनुभयो।

उहाँले यसैगरी, मिसन ग्रासरुटको समीक्षा हुने बताउनुभयो। उहाँले भन्नुभयो, “सात वटा भौगोलिक देश र दुई वटा गैरभौगोलिक प्रदेशका सचिव, जसले यो अभियानको पनि संयोजन गर्नुभयो, उहाँहरुले प्रस्तुत गर्नुहुन्छ। सचिव नभएको ठाउँमा प्रदेश कमिटी इन्चार्जले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्ने उहाँले बताउनुभयो।

मिसन ग्रासरुटको समीक्षा र यसको उपलब्धिबारे भएको छलफलका आधारमा प्रदेशले वार्षिक कार्ययोजना बनाउने तथा स्थायी कमिटी बैठकमा समीक्षा गरेर पार्टीको वार्षिक कार्ययोजना बनाउने एजेण्डा तय भएको उहाँको भनाइ छ। यससँगै, केन्द्रीय सदस्यलाई फरक-फरक भूगोलमा पठाउने, पार्टी प्रवेशीको सदस्यता व्यवस्थापन गर्ने लगायतका एजेण्डा तय भएको उहाँको भनाइ छ।