झापा -कोशी प्रदेशको नामांकनमा असहमती जनाउने समुह र प्रहरीबीच झडप हुँदा दमकमा ६ जना घाइते भएका छन् ।
प्रदेश १ को नाम कोशी राखेको विरोधमा विभिन्न जातीय संगठनहरुले आज दमकमा राँके जुलुस निकाले थिए । प्रहरीले उनीहरुको राँको खोस्न खोज्दा स्थिती असहज भएको हो । गणतन्त्त चौकमा प्रहरीलाई आन्दोलनकारीले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले अश्रु ग्यास हानेको थियो । प्रहरीको छर्रा लागेर तीन्जना आन्दोलनकारी द्धाइते भएक छन् भने आन्दोलनकारीको ढुंगा लागेर तीनजना प्रहरी घाइते भएका छन् । आन्दोलनकारी र प्रहरीबीच एक घण्टा भन्दा बढी घम्साघम्सी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
उनीहरु सबैको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।






प्रतिक्रिया