काठमाडौँ-प्रतिनिधिसभामा प्रि-बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको आज अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिनुहुनेछ ।
आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले तीन दिनसम्म सांसदहरूले प्रि-बजेटमाथि बोल्ने र त्यसपछि अर्थमन्त्री महतले जवाफ दिन कार्यसूची तय गरेको थियो ।
प्रि-बजेटमाथि सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् भने आज अर्थमन्त्री महतले जवाफ दिने कार्यसूची छ । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सासदहरुले उठाएका सवालको जबाफहरू भने हिजै दिइसकेका छन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा प्रि-बजेटका बारेमा सदनमा छलफल भएको हो ।







प्रतिक्रिया