काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले चार प्राथमिकता सार्वजनिक गर्नुभएको छ । आज बिहान सामाजिक सञ्जालमाफत उपमहासचिव रिमालले आफ्नो चार प्राथमिकता सार्वजनिक गर्नुभएको हो ।
उहाँका प्राथमिकतामा रोजगारी, शिक्षा स्वास्थ्य, कृषि र पुँजी अभाव रहेका छन् । उहाँले सांसदहरूलाई अब हुने नीति तथा कार्यक्रममाथिको छलफलमा यी विषयमा बहस गर्ने आग्रहसमेत गर्नुभएको छ ।
यस्ता छन् रिमालका ४ प्राथमिकता:
१. रोजगारी : हरेक वर्ष श्रम बजारमा आउने करिब ४ लाख नयाँ अनुहारसहित बेरोजगारलाई काम कसरी दिने ?
२. शिक्षा/स्वास्थ्य : शिक्षालाई ‘साक्षरहरुको भीड’ तयार गर्ने हैन जीवन–उपयोगी कसरी बनाउने ? अस्पताल–औषधी–उपकरण र स्वास्थ्यकर्मी हुने तर आमजनताले सामान्य स्वास्थ्य–सेवा नपाउने अवस्थाको अन्त्य कसरी गर्ने ?
३. कृषि : युवा–आकर्षण हुने ‘उद्यम’को रुपमा कृषि पेशालाई कसरी विकास गर्ने ?
४. पुँजी अभाव : ५ वर्षमा हाम्रो जिडिपी ३५ खर्बबाट ५० खर्ब नाघ्यो । तर पुँजी अभावको समस्या हल हुने छाँट छैन । यसको सम्बोधन कसरी गर्ने ?






प्रतिक्रिया