अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य मन्त्रालयको निर्देशन-सुर्तीजन्यका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्नु

स्वास्थ्य मन्त्रालयको निर्देशन-सुर्तीजन्यका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्नु


काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न निर्देशन दिएको छ ।  

सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै मन्त्रालयले यस्तो नगर्न निर्देशन दिएको हो ।  

कम्पनीहरूले गरेको उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ प्रतिकुल रहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट तुरुन्त हटाउन निर्देशन समेत दिएको छ । 

यस्तो टाँसेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन र जनस्वास्थ्य ऐन बमोजिम सजाय र  जरिवाना उल्लेख गरेको छ ।