काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका खाँण बुधबार बिहान आफ्नै निवास चाबहिलबाट पक्राउ पर्नुभएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाँणकी श्रीमती मञ्जु खाँणलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो।
भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाँण र सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।
यसअघि रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।
यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।






प्रतिक्रिया