काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको बताउनुभएको छ ।
उहाँले शीर्ष नेताहरूको तीव्र भेटघाटले अनुसन्धान फितलो बन्दै गएको उल्लेख गर्नुभएको छ ।
‘शीर्ष नेताहरूको तीव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहीन, नाम आएकाहरुमाथिको अनुसन्धान फितलो खबरदार !’, उहाँले भन्नुभएको छ, ‘यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला । प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !’
लामिछानेले अनुसन्धानको लहरो ठूला नेता र उनीहरूका सन्तानतर्फ अगाडि बढेपनि त्यतिकै छाडिए हेरे नबस्ने चेतावनी दिनुभएको छ ।






प्रतिक्रिया