काठमाडौँ—सरकारले गृह मन्त्रालयको सचिव परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिव परिवर्तन गर्ने निर्णय गरेको थियो ।
गृह सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव दिनेश भट्टराईलाई सरुवा गरिएको हो । हाल गृहमा रहेका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।
करिब ७ महिना गृहमा बसेका सिंह प्रधानमन्त्री कार्यालय गएपछि भट्टराईको गृहमा सरुवा भएको हो ।






प्रतिक्रिया