काठमाडौं- आफूहरुले बोल्न पाउनु पर्ने माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाले नाराबाजी गरेपछि सँसद बैठक स्थगित भएको छ ।
बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे ।
सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउनुभयो ।
‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसद दिपक सिंहले प्रश्न गर्दै होहल्ला गर्न थालेपछि सभाुमख घिमिरेले बैठक स्थगित गर्नुभएको हो । ।






प्रतिक्रिया