अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली शरणार्थी प्रकरणमा जो जो संलग्न छन् सबैलाई कारबाही हुनु पर्दछ : शेखर कोइराला

नक्कली शरणार्थी प्रकरणमा जो जो संलग्न छन् सबैलाई कारबाही हुनु पर्दछ : शेखर कोइराला


काठमाडौं -नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण जोसुकै संलग्न भए पनि कारबाही गरिनुपर्ने बताउनुभएको छ ।
यो प्रकरण राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय हिसाबमा पनि जोडिएकाले जो कोही संलग्न भए पनि कारबाहीको दायारामा ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले नक्कली शरणार्थीको विषयमा संलग्न उम्कने अवस्था नरहेको पनि बताउनुभयो।

‘नक्कली शरणार्थीको इस्यु देशको लागि पनि लज्जास्पद कुरा हो। प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ। त्यो रोकिन्छ जस्तो मलाई लाग्दैन। किनभने यो राजनीतिक वृत्तमा आइसक्यो, यो अन्तराष्ट्रिय स्तरमा पनि गइसकेको छ,’ कोइरालाले भन्नुभयो, ‘शरणार्थीलाई अमेरिका पठाउने भनिसकेपछि उनीहरु पनि सशंकित हुन्छन् नि यो के भइरहेको छ नेपालमा भनेर। त्यसकारण यो रोकिन्छ भन्ने मलाई चाहिँ विश्वास लाग्दैन।’